ठगी आरोपमा आईएमई सञ्चालकसहित सात जना पक्राउ

Newslaya Home

ठगी आरोपमा आईएमई सञ्चालकसहित सात जना पक्राउ

मङ्गलबार २९, पुष २०७६

धनगढी । सामाजिक सञ्जालबाट भारतीय रुपैयाँ २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने ७ जनालाई पक्रँउ गरिएको छ ।

‘इमो’ बाट कल गरेर चिठ्ठा परेको भन्दै १० लाख ४० हजार रुपैयाँ ठगी गर्ने आइएमीका सञ्चालक र भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

भारु २५ लाखको चिट्ठा परेको र उक्त पैसा पाउनको लागि करबापत रकम तिर्नुपर्छ भनि पटक–पटक गरी १० लाख ४ हजार रुपैयाँ ठगेको उजुरीको आधारमा मोरङ सुन्दरहरैचा नगरपालिका–१२ का आइएमइ सञ्चालक ३८ वर्षीय ईन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारी, मोरङकै विराटनगर–१० बस्ने सजिलो मनिट्रान्सफरका सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, मोरङकै रङ्‌गेली नगरपालिका–६ का २८ वर्षीय भवेशकुमार मण्डल, मोरङको सुनवर्षी नगरपालिका–८ बस्ने २२ वर्षीय अब्दुल सलाम, भारतको विहारस्थित आमगाछी ग्रामपञ्चायत–१३ का २५ वर्षीय शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहमद ईसुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थप एक लाख २० हजार रकम मोरङका विक्रम चौधरी र नारायण चौधरीको नाममा पठाइदिन भनेपछि कैलालीको घोडाघोडी नगरपालीका–६ बस्ने धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् ।

भारतीय नागरिक र आइएमइ सञ्चालकसमेतको संलग्नतामा ठगी भएकोजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरुमाथि कैलाली जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।