भारत भ्रमणको तयारीमा डोनाल्ड ट्रम्प

Newslaya Home

भारत भ्रमणको तयारीमा डोनाल्ड ट्रम्प

मङ्गलबार २९, पुष २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउने भएका छन् ।

हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौताका लागि फेब्रुअरीमा ट्रम्पले भारतको पहिलो भ्रमण गर्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

दुवै देशले यतिबेला ट्रम्पको भ्रमण तालिकाको विषयमा छलफल गरिरहेको ब्लुमबर्गले जनाएको छ । ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुने भएको भारतीय पत्रिका हिन्दुमा उल्लेख छ ।

गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए ।