चिनमा बस दुर्घटना हुँदा १० जना बेपत्ता, १५ घाइते

Newslaya Home

चिनमा बस दुर्घटना हुँदा १० जना बेपत्ता, १५ घाइते

मङ्गलबार २९, पुष २०७६

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा गुडिरहेको बस सडकबाट खसेर दुर्घटना भएको छ ।

सोमबार भएको बस दुर्घटनामा १० जना बेपत्ता भएका छन् भने १५ जना घाइते भएको स्थानीय अधिकारीहरुले मंगलबार बिहान जानकारी दिएका हुन् ।

दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।
यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए ।