भारतीय बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

Newslaya Home

भारतीय बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

मङ्गलबार २९, पुष २०७६

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आयल निगमस्थित भारतीय बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

सोमबार साँझ तीर्थयात्रु पुर्‍याएर फर्किएको भारतीय डब्लु बी३३ई १०५१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ७२ वर्षीय रामबहादुर विकको ज्यान गएको हो ।

पूर्व–पश्चिम राजमार्गको पथलैया–हेटौंडा सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरामा उपचार नभएपछि नारायणी अस्पताल वीरगञ्‍जमा थप उपचारका लागि लैजाने क्रममा बाटोमै विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।