क्रिस्चियनका एक पास्टर जबरजस्ती करणीको आरोपमा पक्राउ

Newslaya Home

क्रिस्चियनका एक पास्टर जबरजस्ती करणीको आरोपमा पक्राउ

मङ्गलबार २९, पुष २०७६

ललितपुर । ललितपुरको कुसुन्तीबाट जबरजस्ती करणीको आरोपमा क्रिस्चियनका एक पास्टरलाई पक्राउ गरिएको छ ।

पीडित महिलाको लिखित जाहेरी आधारमा आशा विश्वासी मण्डली चर्चका क्रिस्चियन पास्टर विश्वास जोशी भनिने ध्रुवबाबु जोशीलाई जबरजस्तीकरणी बलात्कार सम्बन्धी कसूरमा ललितपुर प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

आफ्नो बाथ सम्बन्धी र शरीरको खुट्टाहरू काम्ने रोगहरू समेत भएकोले सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने विश्वासले आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न गएको पीडित महिलाको भनाई छ ।
पास्टर भन्ने व्यक्तिले नराम्रो काम गरेको कारण यस्तो रोग लागेकाले परमेश्वरका अनुसार पाप मेटाउनको लागि मसँग शारीरिक सम्पर्क गर्नुपर्ने भनि जबरजस्तीकरणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

आफूलाई ललाइफकाई र डरत्रासमा पारी विगत ३ महिनादेखि जबरजस्ती करणी गरेको पीडित महिलाले जनाएकी छिन् ।
पास्टरले अन्तिम पटक पुसको महिनाको पहिलो हप्तातिर सोही पसल कोठामा डर, त्रास र दबाबमा पारी जबरजस्तीकरणी गरेको पीडितको लिखित जाहेरीमा उल्लेख छ ।