नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त

Newslaya Home

नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । भारतले नेपालको लागि नयाँ राजदूत नियुक्त गरेको छ । हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका विनय मोहन क्वात्रालाई अब नेपालका लागि भारतीय राजदूत हुनेछन् ।

क्वात्राले नेपालमा मञ्जीव सिंह पुरीको स्थान लिनेछन् जसको कार्यकाल डिसेम्बरको अन्त्यसँगै समाप्त भएको छ । क्वात्रा विगत ३० वर्षदेखि भारतीय कूटनैतिक सेवामा कार्यरत छन् । यसअघि उनले भारतको प्रधानमन्त्री कार्यालयमा ज्वाइन्ट सेक्रेटरीको रुपमा काम गरेका थिए ।

त्यसपछि उनी भारतीय विदेश मन्त्रालयमा पोलिसी प्लानिङ एण्ड रिसर्च डिभिजनमा गएका थिए । सन् १९८८ मा कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा फ्रान्समा राजदूत छन्।