इलाममा एनसेल टावरमा बम बिस्फोट

Newslaya Home

इलाममा एनसेल टावरमा बम बिस्फोट

मङ्गलबार २९, पुष २०७६

इलाम । इलामको देउमाई नगरपालिका–७ जितपुरमा रहेको एनसेल टावरमा अज्ञात समूहले बम बिस्फोट गरेको छ । सोमबार राति भएको बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

टावरका लागि प्रयोग हुने जेनेरेटरसहित अन्य सामग्री ध्वस्त भएको छ। राति विस्फोटको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर, प्रहरी घटना स्थलमा मंगलबार बिहान मात्र पुगेको थिए।

टावरमा दुईवटा बम बिस्फोफ गराइएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलनजिकै नपड्किएको सुतली बम र तार समेत फेला परेको छ। बिस्फोट कसले गर्‍यो भन्ने समेत खुलेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली खटिएकोजनाइएको छ ।