केन्याको एक विद्यालयमा तीन शिक्षकको हत्या, एकको अपहरण

Newslaya Home

केन्याको एक विद्यालयमा तीन शिक्षकको हत्या, एकको अपहरण

मङ्गलबार २९, पुष २०७६

एजेन्सी । केन्याको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् ।

अल कायदासँग सम्बन्ध रहेको अल सबाब समूहले ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयमा प्रवेश गरि तीन जना शिक्षकको हत्या गर्नुको साथै एकजनालाई अपहरण गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बालिका शिक्षाको विरोधमा रहेको सो अल सबाब नामक आतङ्ककारी समूहले केन्याका बालिका शिक्षा दिने विद्यालयबाट छात्रछात्रा नै अपहरण गर्ने गरेका छन् ।

ठूलो संख्यामा आएका हतियारधारीले शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको हुँदा आक्रमण गरी केही विद्यालयमा पनि क्षति पुर्याएका छन् ।
साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि आगजनी गरेका छन् भने स्थानीय अस्पतालबाट एकजना नर्सलाई पनि अपहरण गरेको बताइएको छ ।