पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपालीको ज्यान गयो

Newslaya Home

पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपालीको ज्यान गयो

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । पोर्चुगल राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका दुई नेपाली दाजुभाइको मृत्यु भएको छ ।

आइतबार कास्काइसको ‘बोका दि इन्फेर्नो’ भन्ने सामुन्द्रिक तटमा माछा मार्न गएका धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबालाई छालले छालले तान्दा डुबेर मृत्यु भएको हो ।

निषेधित क्षेत्रमा गएर माछा मारिरहेका उनीहरूमध्ये पहिला दाजुलाई बगाएको र भाइले बचाउन खोज्दा भाइलाई पनि छालले तानेर लगेको अनुमान गरिएको छ ।

कासकाइसमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दे आएका उनीहरु ८ महिनाअघि डेनमार्कबाट पोर्चुगल आएको बताइएको छ ।
घटनाबारे जानकारी पाउन साथ सामुद्रिक प्रहरीको टोलीले खोजी गर्दा मृत अवस्थतामा फेला पारेको थियो । मृतक दाजुभाइको शव काइस्काइसको अस्पतालमा राखिएको जनाइएको छ ।