खोटाङमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

Newslaya Home

खोटाङमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

मङ्गलबार २९, पुष २०७६

खोटाङ । खोटाङमा एउटा घरमा आगलागी हुँदा झण्डै ४८ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ को बाम्राङ रमितेडाँडामा रहेको गोपी कट्वालको घरमा आगलागी भएको हो । मङ्गलबार बिहान भएको आगलागीमा कट्वालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, अन्नलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कट्वालको घरमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएका थिए । अग्नी पीडित कट्वाल सामुदायिक सेवा केन्द्र दिक्तेलका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) हुन् ।