घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । सोमबार दुई सयले बढेको सुन मंगलबार (आज) आठ सयले घटेको छ ।

सोमबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ७४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन आज तोलामा ८ सय रुपैयाँले घटेर ७३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।