धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने

Newslaya Home

धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने

मङ्गलबार २९, पुष २०७६

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । माघ ३ गते देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेआयोजक सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा १ नम्बर प्रदेशका ८ जिल्लाका उत्कृष्ट महिला टिमहरु सहभागि हुनेछन् । प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद पाउने आयोजकले जनाएको छ ।

२०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रको सवारीमा बम प्रहार गर्दा श्रेष्ठको निधन भएको थियो । धनकुटा–७ घर भएका श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको हो ।

सहिद श्रेष्ठकै सम्झनामा यो प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।