चीनको सडकले निल्यो बस, ६ जनाको मृत्यु

Newslaya Home

चीनको सडकले निल्यो बस, ६ जनाको मृत्यु

मङ्गलबार २९, पुष २०७६

काठमाण्डौ । चीनको एक सडकमा रोकिराखेको बसमुनि ठूलो खाल्डो बनेर बस त्यसभित्र पस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन् ।

शिनिङ शहरको सडकमा बस यात्रुहरूलाई चढाउनकालागि रोकिँदा जमीन भासिएर खाल्डो बनेको थियो । त्यसपछि बस अगाडिपट्टिको भागबाट खाल्डोभित्र पस्यो । त्यसको केही समयपछि खाल्डोभित्र विस्फोट भएको जनाइएको छ ।

चीनको सरकारी टीभी सीसीटीभीका अनुसार, उद्धारकर्ताहरूको टोलीले हराइरहेका १० यात्रुको खोजी गरिरहेका छन् भने दुर्घटनाको कारणका बारेमा अनुसन्धान चलिरहेको छ ।