यस कारण खानुहोस् खीर

Newslaya Home

यस कारण खानुहोस् खीर

मङ्गलबार २९, पुष २०७६

रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर मानिन्छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार चिनी, ध्यु, सुख्खा फल आदि मिसाएर खाने हो भने झरीको समयमा लाग्ने रोग निको हुन्छ ।

किन खाने खिर ?
– खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो ।

– तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।

– पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ ।

– चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो ।

– चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ ।

– गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं ।

– खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।

– खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ ।

– खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।