इलामको दुई गाउँपालिकामा भोलि सार्वजनिक बिदा

Newslaya Home

इलामको दुई गाउँपालिकामा भोलि सार्वजनिक बिदा

मङ्गलबार २९, पुष २०७६

इलाम । माघे सङ्क्रान्तिको अवसरमा इलामको माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागत रुपमा लाग्ने माइबेनी मेलालाई सबैले सहजरुपमा मनाउन पाउनुपर्छ भन्दै सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।

मकर सङ्क्रान्ति, माघी नामले चिनिने यो पर्व किँरातहरुले पनि नयाँ वर्षको रुपमा परम्परादेखि नै मनाउँदै आएका छन् ।