राजकुमार ह्यारी र मेगनलाई महारानी एजिलावेथको साथ

Newslaya Home

राजकुमार ह्यारी र मेगनलाई महारानी एजिलावेथको साथ

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । बेलायतकी महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलालाई लिएर सहमति जनाएकी छिन् ।

राजकुमार ह्यारीले पत्नी मेगनसँगै शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्ररुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको बताएका थिए ।

बेलायती महारानीले भनिन्, ‘राजकुमार ह्यारी र उनकी पत्नी मेगनको इच्छालाई पूर्णरुपमा समर्थन गर्छु तर उनीहरु शाही परिवारको पूर्णकालिन सदस्य बनिरहँदा राम्रो हुन्छ ।’

साथै महारानी एलिजावेथले आगामी दिनमा राजकुमार ह्यारीले र मेगनले यसबारेमा अन्तिम फैसला लिनेमा आफू विश्वस्त भएको बताइन् ।

गत बुधबार अप्रत्याशित बयानमार्फत राजकुमार ह्यारीले आफ्नो इन्स्टाग्राम पेजमा आफू र मेगन शाही परिवारबाट अलग्गिएर स्वतन्त्ररुपमा रहन चाहेको इच्छा व्यक्त गरेका थिए ।

उनको यस्तो बयानपछि शाही परिवारका वरिष्ठ सदस्य राजकुमार ह्यारी र मेगनसँग लगातार कुराकानी गरिरहेका छन् ।