कार दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

Newslaya Home

कार दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । गायक निशान भट्टराईको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको संगीतकार मिलन मोक्तानले जानकारी दिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।