इटहरीको अख्तियार कार्यालयमा उजुरीको संख्या बढ्यो

Newslaya Home

इटहरीको अख्तियार कार्यालयमा उजुरीको संख्या बढ्यो

सोमबार २८, पुष २०७६

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरी दिनेको संख्या बढेको छ ।

यो आर्थिक वर्षमा १ हजार ६ सय ९३ उजुरी परेका छन् । कार्यालयमा ४ सय ३६ उजुरी भने अघिल्लो वर्षबाट सरेर आएका छन् । कार्यालयमा अहिले उजुरीको संख्या २ हजार १ सय २९ रहेको छ ।

आयोगले प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सोमबार वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखलाई २९ औँ वार्षिक प्रतिवेदन आयोगकका सहसचिव रविलाल पन्थीले बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुखले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका थप प्रभावकारी बनाउनु पर्ने बताए ।

आयोगमा ०७५÷७६ मा १६ हजार ९ सय ९७ उजुरी परेका थिए । त्यसमा अघिल्लो आर्थिक वर्षबाट ७ हजार ८८ उजुरीको जिम्मेवारी सरेको थियो । आर्थिक वर्ष ०७५÷७६ को कुल उजुरी २४ हजार ८५ रहेको छ । आयोगमा परेका कुल २४ हजार ८५ उजुरीमध्ये १५ हजार ५ सय २७ उजुरी फछ्र्योट भएका छन् । बाँकी रहेका ८ हजार ५ सय ५८ उजुरी यस आर्थिक वर्षमा सरेर आएका छन् ।