धरानमा औद्योगिक ग्राम बन्दै

Newslaya Home

धरानमा औद्योगिक ग्राम बन्दै

सोमबार २८, पुष २०७६

धरान । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष देशमा ३२ वटा औद्योगिक ग्रामहरू स्थापना गर्ने योजना अनुसार मंगलबार डिपिआरका लागि सम्बन्धित स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने भएको छ ।

मन्त्रिपरिषदले गत असोज ७ गते गरेको निर्णय अनुसार देशभरीका ३२ वटा औद्योगिक ग्राम छनोट गरी पूर्वाधार विकासका लागि ३२ लाख रकम व्यवस्था गरेको छ । मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

प्रदेश १ को धरान उपमहानगरपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ । तत्कालिन कार्यवहाक मेयर मञ्जु भण्डारी सुवेदी र नेकपाको पहलमा धरान–६ स्थित पानवारी सेरा खोला नजिक बन्ने भएको हो । धरानको नदि उकास क्षेत्र रहेको करिव २५ विगाहा जमिनमा औद्योगिक ग्राम बनाउन जग्गा तय गरिएको छ ।

सरकारले मैगलबार डिपिआरका लागि ९२ हजारको चेक लिनका लागि मेयर र तथा प्रमुख प्रसाशकीय अधिकृतलाई पत्र काटेर बोलाएको छ ।

स्रोतसाधन, कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी लघु घरेलु तथा साना उद्योगमार्फत् रोजगारी सिर्जना गर्ने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो ।

प्रत्येक स्थानीय तहमा औद्योगिक स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुरूप आार्थिक वर्ष २०७५/७६ मा मन्त्रिस्तरीय निर्णयबाट ३२ वटा औद्योगिक ग्राम घोषणा अनुसार यो बर्ष डिपिआर सक्ने गरि ३० करोड बजेट विनियोजन भएको थियो ।