इटहरी रेडक्रसबाट न्यौपाने र रिजाल सम्मानित

Newslaya Home

इटहरी रेडक्रसबाट न्यौपाने र रिजाल सम्मानित

सोमबार २८, पुष २०७६

इटहरी । नेपाल रेडक्रस सोसाईटीको इटहरी उप–शाखाले दुई जना बिशिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आइतबार सम्पन्न सोसाईटीको २२ औं साधारण सभाबाट सम्मानित दुई जना व्यक्तित्वहरुलाई सोमबार इटहरी उपशाखाले सम्मान गरेको हो ।

इटहरीलाई कार्यक्षेत्र बनाएर शिक्षा क्षेत्रमा अहोरात्र खटी अमूल्य योगदान दिनुहुने प्रेम प्रसाद न्यौपाने र सामाजिक व्यक्तित्व विश्व रिजाललाई सभाका प्रमुख अतिथि १ नं. प्रदेश सभासद लिलम बस्नेतले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका अध्यक्ष बिमल पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी सुनसरीका उपाध्यक्ष डम्बर सिग्देल, उद्योग बाणिज्य सघं इटहरीका अध्यक्ष भिम पौडेल, नागरिक समाजका अध्यक्ष दिनेस रसाईली, ट्विटेरियन सोसाईटिका अध्यक्ष हिरा आचार्य लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।