कामधेनुको २० औं वार्षिक साधारण सभा सम्पन्न

Newslaya Home

कामधेनुको २० औं वार्षिक साधारण सभा सम्पन्न

सोमबार २८, पुष २०७६

इटहरी । कामधेनु दुग्ध सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा कामधेनु दुग्ध सहकारी संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद श्रेष्ठ सम्मानित गरिएको छ ।

संस्था स्थापनामा गरेको योगदानको कदर गर्दै श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्र र नगद रु. २५ हजारसहित सम्मान गरिएको थियो । नेपालको नं. १ दुग्ध सहकारी संस्थामा कामधेनु दुग्ध सहकारीको नाम आउँदा आफुहरुले गरेको सुरुवाती मेहनत सम्मान योग्य रहेको श्रेष्ठले बताए । संस्थामा सबैको मत र मन फरक हुने भएपनि संस्था बिकासमा सबै एकजुट हुनुपर्ने श्रेष्ठले सुझाव दिए ।

प्रदेश नं १ का सभासद घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न भएको थियो ।