ब्याक नगर भन्दा भन्दै ब्याक गरेर किचे

Newslaya Home

ब्याक नगर भन्दा भन्दै ब्याक गरेर किचे

सोमबार २८, पुष २०७६

इटहरी । इटहरीको जनता वस्तीस्थित पिपल चोकमा सोमबार दिउँसो सेफ्टी टेंकीले साइकल यात्रुलाई ठक्कर दियो । ठक्करबाट साइकल यात्रु इटहरी-४ की सुनिता कार्की लड्न पुगिन् ।

इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थामा कलेक्टरको काम गर्ने २६ वर्षिया ती महिला उठ्न खोज्दै थिइन्, तर गाडीका चालकले ब्याक गियर हाले ।

‘ब्याक नगर भनेर हामीले भन्यौं, भन्दा भन्दै पनि ब्याक गरेर किचे,’ स्थानीय एक महिलाले भनिन्, ‘गाडीले ब्याक गरेर मान्छे मार्छ भन्ने सुनेको थिएँ, पहिलोपल्ट देखेँ ।’

एउटा गाडीको चालकको एकछिनको सनकले एक सुनिताको ज्यान गयो । उनले गलामा लगाएको सहकारीको कार्डभरी रगत पोतियो । बाँच्ने आशामा अस्पताल त लगियो, तर ‘बाँच्दैन, ब्याक गरेर किचेको छ,’ स्थानियले भने । नभन्दै बाटैमा उनको ज्यान गएको खबर आयो ।

स्थानियका अनुसार अघिपछि सवारी चलाउने चालक नभएको मौकामा सहचालक प्रेम बहादुर खड्काले उक्त गाडी चलाएका थिए । उनीसँग सवारीचालक अनुमति पत्रसमेत छैन । ‘सहचालकले चलाएको थियो, जोसँग लाइसेन्स पनि थिएन,’ स्थानिय एक युवाले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ड्राइभरले गाडी चलाएको जस्तो देखाउने कोसिस हुनसक्छ, तर देख्नेहरु धेरै छन् ।’

इटहरीमा सहचालकले चलाएको सवारीले सहकारीकी कलेक्टर किच्यो

इटहरी दुर्घटनाः घाइते महिलाको मृत्यु