सप्तरीबाट भरुवा बन्दकुसहित दुई जना पक्राउ

Newslaya Home

सप्तरीबाट भरुवा बन्दकुसहित दुई जना पक्राउ

सोमबार २८, पुष २०७६

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट बन्दकु सहित दुई जनालाई पक्राउ गरिएको छ ।

सोमबार गोरपार वन क्षेत्रबाट एक थान भरुवा बन्दुकसहित कंचनरुप नगरपालिका १ का ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० का ३० वर्षीय रबिन तामाङलाई पक्राउ गरिएको हो ।

अवैध रुपमा वनजंगल क्षेत्रभित्र बन्दुक लिएर दुई जना शिकार खेल्न पुगेको खबर पाएपछि सशस्त्र प्रहरी बल भारदह वेश क्याम्पबाट प्रहरी सहायक निरिक्षक बैजनाथ झाको कमान्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने २५ थान सर्रा र केही मात्रामा बारुद्ध सहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।