हात्तीको आक्रमणबाट घाँस काट्न गएकी वृद्धाको मृत्यु

Newslaya Home

हात्तीको आक्रमणबाट घाँस काट्न गएकी वृद्धाको मृत्यु

सोमबार २८, पुष २०७६

हेटौंडा । पश्चिम मकवानपुरको मनहरी–३ स्थित हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जंगली हात्तीले लखेटेर मनहरी–३ मेलडाँडा घर भएकी अन्दाजी ७० वर्षीया वृद्धा मैया थापाको ज्यान गएको हो ।

पर्सा वन्यजन्तु आरक्ष क्षेत्रको जंगलमा आमा छोरी घाँस काट्न जाँदै गर्दा हात्तीको आक्रमणमा परि थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ ।