घोराही सिमेन्टमा १३ प्रतिशत माटो भेटिएपछि उत्पादनमा रोक

Newslaya Home

घोराही सिमेन्टमा १३ प्रतिशत माटो भेटिएपछि उत्पादनमा रोक

सोमबार २८, पुष २०७६

काठमाडौं । घोराही सिमेन्टको एक बोरामा १३ प्रतिशतभन्दा बढि माटो मिसिएको पाइएपछि उत्पादनमा रोक लगाइने भएको छ ।

उक्त कम्पनीले ओपिसी सिमेन्टको नाममा माटो बेचिरहेको परिक्षण देखिएकाले त्यसको उत्पादन समेत रोक्ने तयारी थालिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विभागले सोधेको १५ दिने स्पष्टिकरण कम्पनीले बुझाइसकेको छ भने उत्पादन गुणस्तर तथा स्पष्टिकरणलाई हेरेर सरकारले ३ महिनाका लागि बन्द गराउन लागिएको हो ।
परिक्षणका क्रम्मा घोरही सिमेन्टमा आइआरको मात्रा १३ प्रतिशत भन्दा बढि भेटिएको थियो ।

त्यसरी कम्पनीले माटो मिसाएर बेच्दा उत्पादन लागत कम लाग्ने भएकाले अकल्पनिय नाफा कमाउन सक्ने भएपनि त्यस्तो किसिमको सिमेन्ट प्रयोग गर्दा भने बनाइएका भौतिक संरचना छिटै भत्किने हुन्छ ।
कानुन अनुसार ओपीसी सिमेन्टमा माटो तथा अन्य पदार्थको मात्रा करिब २ प्रतिशत भन्दा बढि हुनु नहुने विभागले जनाएको छ ।