प्रहरी भनि पैसा असुल्दै गरेका दुई जना झापाबाट पक्राउ

Newslaya Home

प्रहरी भनि पैसा असुल्दै गरेका दुई जना झापाबाट पक्राउ

सोमबार २८, पुष २०७६

झापा । झापाको बाह्रदर्शी गाउँपालिका–३ राजगढ बजारबाट व्यापारीसँग पैसा लिएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

स्थानीय व्यापारीसँग प्रहरी हौं भन्दै पैसा असुल्दै गरेका गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका–३ का २० वर्षीय जीवन दासलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको सीआईबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ नगद असुली गरिरहेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।