गोकुल बाँस्कोटाले पाए अर्को मन्त्रालय

Newslaya Home

गोकुल बाँस्कोटाले पाए अर्को मन्त्रालय

सोमबार २८, पुष २०७६

काठमाडौँ । सुचना तथा सञ्चार प्रविधिमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गोकुल बाँस्कोटाले अर्को मन्त्रालय पनि सम्हाल्ने भएका छन् ।

दुईवटा मन्त्रालयको जिम्मेवारी पाएका बाँस्कोटाले सोमबार सहरी विकास मन्त्रालयको पनि पदभार ग्रहण गरेका हुन् । सहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री बाँस्कोेटाले विकासलागत कम गर्नका लागि जरुरी रहेको एकिकृत बस्ती निर्माण लागि सात वटै प्रदेशका विभिन्न आठ स्थानमा डिपीआर तयार भइसकेकोले योजनावद्ध ढंगले काम अगाडी बढाइने जानकारी दिए ।

परिवारका सदस्यहरुले व्यस्त जीवनशैलीका कारण हेरचाह गर्न नसकेका अभिभावकलाई हेरचाह गर्ने व्यवस्था गर्नेगरी यसैवर्ष भित्र काठमाडौंमा बाजेबज्यै पार्क स्थापना गरिने बताउँदै उनले व्यस्तताका कारण अभिभावकले समय दिन नसक्ने बालबालिकाका लागि पनि आवश्यक मापदण्ड बनाएर पार्कको स्थापना गरिने बताए ।