अमेरिकामा एक नेपाली युवा मृत फेला

Newslaya Home

अमेरिकामा एक नेपाली युवा मृत फेला

सोमबार २८, पुष २०७६

काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको एउटा जुवाघरमा एक नेपाली युवा मृत अवस्थामा फेला परेको छ ।

गत जनवरी १० तारिख शुक्रबारका दिन मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा अन्दाजी ३० वर्षीय नेपाली युवा गितान्जय ढकाल मृत अवस्थामा फेला परेको हो ।

प्रिन्स जर्ज काउन्टीका प्रहरी टोलीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।