सिरियामा हवाई आक्रमणमा परी बालबालिकासहित सात जनाको मृत्यु

Newslaya Home

सिरियामा हवाई आक्रमणमा परी बालबालिकासहित सात जनाको मृत्यु

सोमबार २८, पुष २०७६

काठमाण्डौ । सिरियामा रुसआवद्ध सेनाको हवाइ आक्रमणमा परी कम्तीमा सात जना सर्वसाधारण मारिएको जनाइएको छ ।

मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् । सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ ले उक्त इद्लिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ । उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।