बेलबारीका नापि कर्मचारी घुस लिदालिदै पक्राउ

Newslaya Home

बेलबारीका नापि कर्मचारी घुस लिदालिदै पक्राउ

सोमबार २८, पुष २०७६

बेलबारी । मोरङको बेलबारी–१० भाउन्नेबाट नापि कार्यलयका अमिनी दिनेश कुमार शाहलाई घुससहित पक्राउ गरिएको छ ।

सोमबार दिउँसो ७ हजार घुष रकम लिदै गरेको अवस्थामा नापि कार्यलय बेलबारीका अमिनी शाहलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो ।

भाउन्ने स्थित पदम बहादुर श्रेष्ठको जग्गा नापिगरी सिमाङ्कन गर्न आएका शाहलाई नरबहादुर तामाङबाट घुष रकम लिदालिदै पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले जानकारी दिए ।