इटहरी दुर्घटनाः घाइते महिलाको मृत्यु

Newslaya Home

इटहरी दुर्घटनाः घाइते महिलाको मृत्यु

सोमबार २८, पुष २०७६

इटहरी । इटहरी– ५ जनताबस्तीमा भएको दुर्घटनामा इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्कीको मृत्यु भएको छ ।

सोमबार को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार कार्कीलाई ठक्कर दिएको हो । ठक्करपछि लडेकी कार्कीलाई ब्याक गरेर किचेपछि गम्भिर घाईते भएकी कार्कीलाई उपचारको लागि विराटनगर लाँदै गर्दा बाटैमा मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यो बेला सहचालक रामधुनी नगरपालिका–४ का प्रेम बहादुर खड्काले सवारी चलाएका थिए । मोरङको राजगढ घर भई इटहरी–४ हलगडा बस्दै आएकी कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकी कलेक्टर रहेको बताइएको छ ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।