युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द बाबा पक्राउ

Newslaya Home

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द बाबा पक्राउ

सोमबार २८, पुष २०७६

काठमाडौं । युरोप पठाइदिन्छु भनेर ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दिपक भन्डारी पक्राउ परेका छन् ।

४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका थिए ।

प्रहरीका अनुसार स्थायी घर गुल्मी भएका भन्डारीले युरोपका विभिन्न ठाउँका तस्बिर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका हुन् ।