इटहरीमा सहचालकले चलाएको सवारीले सहकारीकी कलेक्टर किच्यो

Newslaya Home

इटहरीमा सहचालकले चलाएको सवारीले सहकारीकी कलेक्टर किच्यो

सोमबार २८, पुष २०७६

इटहरी । इटहरी– ५ जनताबस्तीमा भएको दुर्घटनामा इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्की गम्भिर घाईते भएकी छिन् । उनलाई उपचारको लागि विराटनगर पठाइएको छ ।

को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार कार्कीलाई ठक्कर दिएको हो । ठक्करपछि लडेकी कार्कीलाई ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार त्यो बेला सहचालकले सवारी चलाएका थिए ।

कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकी कलेक्टर रहेको बताइएको छ ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।