पानीको माग गर्दै धरानवासी शुरू गरे आन्दोलन

Newslaya Home

पानीको माग गर्दै धरानवासी शुरू गरे आन्दोलन

सोमबार २८, पुष २०७६

धरान। खानेपानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।

खानेपानी संस्थानले पाइप बिछ्याउने काममा ढिलाइ गरी कृत्रिम अभाव सृजना गरेको भन्दै धरान नगरपालिका–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालको अगुवाइमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । शनिवार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले संस्थानले तोकिएको समयमा पानी नछाडेको, उपभोक्तालाई थप पाइप बिछ्याउन लगाउँदै व्यापार गरेको आरोप लगाएका छन् । स्थानीयले पानी नपाएपछि महशुल समेत नतिर्ने चेतावनी दिएका छन् ।

धरानवासीलाई काकाकुल बनाउँदै बीपी प्रतिष्ठानलाई पानी बेचेको स्थानीयबासीको आरोप छ । पानीको मुहानबाट पानी आए पनि संस्थानको लापरबाहीले धरानवासीले पानी उपभोग गर्न नपाएको स्थानीयले बताएका छन् ।