बलत्कार आरोपमा इटहरीका सफारी चालकसहित दुई जना पक्राउ

Newslaya Home

बलत्कार आरोपमा इटहरीका सफारी चालकसहित दुई जना पक्राउ

सोमबार २८, पुष २०७६

इटहरी । इटहरीबाट सिटि सफारी चालक सहित दुई जनालाई बलत्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।

आइतबार दिउँसो ३२ वर्षीय महिलालाई सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा जवरजस्ती लगि करणी गरेको आरोपमा इटहरी ६ का सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ घर भएका सन्दिप चौधरीलाई पक्राउ गरिएको हो ।

इटहरीबाट जबरजस्ती सिटिमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्कको पछाडी एकान्तमा लगेर करणी गर्दै गर्दा स्थानियले फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । स्थानियको सहयोगमा घटनास्थलबाटै दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिराटनगर लाईन हिडेकी महिलालाई सिटि चालक नरेशले फेन गरि सन्दिपलाई पनि बोलाएर जबरजस्ती बुढी खोला लागेको बताइएृको छ । दुबैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको र अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले बताए ।