साउदीमा सप्तरीका खत्वेको मृत्यु

Newslaya Home

साउदीमा सप्तरीका खत्वेको मृत्यु

सोमबार २८, पुष २०७६

राजविराज । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका सप्तरीका एक नेपाली युवकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको जनाइउको छ ।

उनी वैशाख साउदी अरब गएका थिए । काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनीसँगै काम गर्ने श्रीप्रसाद मुखियाले जानकारी दिएको मृतकका दाजुले बताएका छन् ।

खत्वेका परिवारले शव साउदीबाट ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारसँग आग्रह गरेका छन् ।