सुनको भाउ घट्यो

Newslaya Home

सुनको भाउ घट्यो

सोमबार २८, पुष २०७६

काठमाण्डौ । सोमबार पुन सुनको मूल्य घटेको छ। आइतबार बढेर प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै आजका लागि तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो। यस्तै सोमबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।