क्रसर उद्योग व्यवसायीबाट मारिएका दिलिपको परिवारलाई पाँच लाख रुपैयाँ राहत

Newslaya Home

क्रसर उद्योग व्यवसायीबाट मारिएका दिलिपको परिवारलाई पाँच लाख रुपैयाँ राहत

सोमबार २८, पुष २०७६

जनकपुरधाम । नदी दोहन गर्ने क्रसर उद्योग व्यवसायीबाट मारिएका भनिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

२ नम्बर प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले राहत दिने निर्णय गरेको बताए । उनका अनुसार महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्न समेत प्रदेश सरकारले पहल गरिरहेको छ ।

टिप्परले किचेर महतोको हत्या गरिएको भनेर स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । नदी दोहन नियन्त्रणको अभियान चलाउने र जथाभावी ढुंगा, गिट्टी, बालुवा संकलनको विरोध गर्ने गरेका महतोको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छ ।

अवैध खोला उत्खननको विरोध गर्ने युवकको हत्या, सडकमा टायर बाल्दै स्थानीय

जनकपुरमा टिपरको ठक्करबाट युवकको हत्या गरी फरार रहेका चालक पक्राउ