तालतलैयामा एकै दिन भित्रिए १२ हजार पर्यटक

Newslaya Home

तालतलैयामा एकै दिन भित्रिए १२ हजार पर्यटक

सोमबार २८, पुष २०७६

इटहरी । प्रदेश नम्बर एकको उत्कृष्ट पर्यटकीय गन्तब्य तालतलैयामा एकै दिन करिब १२ हजार पर्यटकले अबलोकन गरेका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं। २ र ३ को सिमानामा पर्ने यस पर्यटकीय स्थलमा बिभिन्न क्षेत्रबाट शनिबार सार्वजनिक बिदाको दिन बनभोज तथा घुम्न आएको तालतलैया संरक्षण तथा बिकास समितिका अध्यक्षले बिर बहादुर लिम्बुले जानकारी दिए ।

बिशेष गरी सार्वजनिक बिदा र शनिबारका दिन अत्याधिक रुपमा पर्यटक आउने गरेको उनले बताए । वनभोजका लागि शौचालय, खानेपानी, बिद्युत् सहित सुबिधासम्पन्न फराकिलो ठाउँ, केटाकेटीका लागि चिल्ड्रेन पार्क, आकर्षक रुपले कुदँरे बनाईएका ढुङ्गाका दृष्य, जेटबोट लयायतका कारण पर्यटकको आर्कषण बढेको लिम्बुले बताए ।

तालतलैयामा आन्तरिक तथा बाह्रय पर्यटक सिलिगुडी, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी धनुषा, काठमाडौ, पोखरा लगायतका ठाउँबाट बनभोज तथा घुम्नका लागि आउने गरेका छन् ।