ओलम्पिक पदक विजेता इरानकी महिला खेलाडीले गरिन् देश छोड्ने घोषणा

Newslaya Home

ओलम्पिक पदक विजेता इरानकी महिला खेलाडीले गरिन् देश छोड्ने घोषणा

सोमबार २८, पुष २०७६

काठमाडौं । ओलम्पिकमा पदक जित्ने इरानकी एक मात्र महिला खेलाडी किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छन् ।

२१ वर्षकी किमियाले सामाजिक सञ्जालमा पोस्ट गरेर देश छोड्ने घोषणा गरेकी हुन् । इरानमा कायम रहेको ‘पाखण्ड, झुट, अन्याय तथा चाप्लुसी’ को भागिदार बन्न नचाहेको उनले उल्लेख गरेकी छन् ।

इरानमा महिलाहरुको अवस्था नाजुक रहेको बताएकी उनले समस्यामा रहेका इरानका लाखौँ महिलामध्ये आफू पनि एक रहेको किमियाले बताएकी छन् ।

आफू अहिले रहेको स्थानबारे किमियाले केही बताएकी छैनन् । तर इरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणका कारणमा हाल नेदरल्याण्डसमा रहेको दाबी गरेका छन् ।

उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कास्य पदक जितेर कीर्तिमान बनाएकी थिइन् ।