वैदेशीक रोजगारबाट फर्केका दुई युवाले एक करोडको लगानीमा कृषि फर्म संचालन गर्दै

Newslaya Home

वैदेशीक रोजगारबाट फर्केका दुई युवाले एक करोडको लगानीमा कृषि फर्म संचालन गर्दै

- बाबुराम कार्की
सोमबार २८, पुष २०७६

प्रकाशपुर । लामो समय वैदेशीक रोजगारीमा बिताएर घर फर्केका दुई युवाले आप्mनै गाउँमा एग्रो टुरिज्म सञ्चालन गर्न एक करोडको प्रोजेक्ट नै तयार पारेर काम सुरु गरेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कालापानिका ३४ वर्षीय पितम्वर राई र २८ वर्षिय कुशल राईले एक करोडको प्रोजेक्ट नै तयार पारेका छन् । छ महिना देखी दर्पण आर्गानिक रिर्सच सेन्टर दर्ता गरेर कृषि व्यवसायमा लागेका यी दुई युवाले वार्षिक एक लाख रुपैयाँ बुझाउने गरी २ बिघाह १८ कठ्ठा जग्गा १५ वर्षको लागि लिजमा लिएको पिताम्बर राईले बताए ।

‘एग्रो टुरिज्म सञ्चालन गर्नको लागि काम गर्दैछौ । चाडै नै आन्तरिक पर्यटकहरुलाई एकै ठाँउमा बसेर गाउँको आर्गानिक माछा, पन्छि, हांस, तरकारी र फलफूल उहाँहरुकै अगाडी टिपेर खाने वतावरण वनाउने छौ ।’ राईले भने । सबै एउटै कम्पाउण्डभित्र पाउने गरी सुविधा उपलब्ध गराउन अहिले काम गरिहेको राईले बताए ।

अहिले उनीहरुको फार्ममा ३ कठ्ठामा प्याज, ७ कठ्ठामा आलु, ३ कठ्ठामा लसुन, ३ कठ्ठामा टमाटर लगाएका छन् । उनले पहिलो चरणमा २० लाख लगानी गरेर काम गरिरहेको बताए । उनीहरुले फर्मलाई व्यवस्थित गर्न घेरा वारा देखि टहरा निर्माणको कार्य गरिरहेका छन् ।

चक्रघट्टी, शुक्रबारे कोशी छेउमा फार्म भएकाले एग्रो टुरिज्मको सम्भावना रहेको बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्राविधिक निरबहादुर राईले बताए । निरबहादुरले भने गाँउमै उहाँहरुले पहिलो पटक प्लाष्टिक मल्चिङ प्रविधिको प्रयोग गरेर नमूनाको रुपमा काम गर्दै हुनुन्छ । अन्य कृषकहरुलाई प्रविधिको बारेमा ज्ञान भयो ।

अहिले पितम्वर र कुशल राईको दिनचर्या बिहान उठेदेखि बेलुकासम्म फार्मकै रेखदेख र कृषि कर्म गरेर बित्ने गरेको छ । उनिहरुले माछा पोखरी र रागा पालनको लागि गोठ निमार्ण गरिरहेका छन् । गाउँमै पहिलो पटक थोपा सिचाई प्रविधि बाट तरकारीमा सिंचाई गरेर देखाएपछि गाउँमै अगुवा कृषकको दर्जा पाएका छन् । थोरै पानि बाट पनि थोपा सिंचाई गरेर तरकारी खेति गर्न नगरमै पहिलो कृषक बनेका छन् ।

माटो रहित प्रविधि हाईड्रोपोनीक्स प्रविधिको प्रयोग गरेर नमुना तरकारी खेति चाडै सुरु गर्ने पितम्वरे बताउँछन् । गाउँमै यति धेरै लगानी गरेर कृषि फर्म संचालन गर्ने पहिलो कृषक भएको स्थानीय कृषक कृष्ण खड्का बताउँछन् । यतिको लगानी गरेर काम सुरु गर्नुभएको छ, फाईदा कतिको देखनु भएको छ ? भन्ने प्रश्नमा पितम्बर भन्छन्, ‘लगानी गरेर मात्रै फाईदा कृषिमा खोजो भने डुबिन्छ । लगानी सँग सगै आफै खट्नुपर्छ । अरु व्यवसाय जस्तो सजिलो छैन ।’

‘कुशल भन्छन् विदेशी भूमिमा काम गर्दा घर परिवार आफन्त सबै लाई छोडेर जानुपर्छ । अर्काको अन्डरमा काम गर्नुपर्छ । यहाँ आफ्नै अन्डरमा आफैले काम गर्ने हो । हाम्रो उदेश्य एग्रो टुरिज्म हो, निजि लगानी बाट एग्रो टुरिज्ममा नगरमै पहिलो एग्रो टुरिज्म बनाउँछौ ।’

यी दुई युवाले आफ्नै पौरखमा यति ठुलो धनराशी ग्रामिण क्षेत्रमा लगानी गरेर नवआगन्तुक कृषिकहरुका लागि समेत उदाहरण बनेका छन् । उनीहरुले गरेको यो कार्यमा सम्बन्धित निकायले प्रोत्साहन गर्ने कार्यक्रम गर्न सके उनीहरुलाई प्रोत्साहन र कृषिपर्यटनमा पनि टेवा पुग्ने थियो । आर्गनिक खेति गर्न लागेका यी युवाहरुको सोच र काम गराई देखेर गाँउमा समेत खुशी छाएको छ ।