कालाबन्जारमा नेहा अस्पतालको निःशुल्क स्वास्थ शिविर

Newslaya Home

कालाबन्जारमा नेहा अस्पतालको निःशुल्क स्वास्थ शिविर

सोमबार २८, पुष २०७६

इटहरी । इटहरी–६ बसपार्क अगाडी रहेको नेहा अस्पताल प्रा.लिले शनिबार कालाबन्जारमा निःशुल्क सवास्थ्य परिक्षण तथा परामर्श गरेको छ । शिविरमा अत्याधिक मात्रामा दमका बिरामीहरु, सुगर, प्रेसर र ग्याष्ट्रिकका बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

२५० भन्दा बढी बिरामीहरुले स्वास्थ परिक्षण गराएको र निःशुल्क औषधि समेत वितरण गरिएको नेहा अस्पतालका वरिष्ठ फिजीसियन डा. बद्री प्रसाद दाहालले जानकारी दिए ।