फिलिपिन्समा ज्वालामुखीजन्य सुनामीको खतरा, ८ हजार मानिसलाई सारियो

Newslaya Home

फिलिपिन्समा ज्वालामुखीजन्य सुनामीको खतरा, ८ हजार मानिसलाई सारियो

सोमबार २८, पुष २०७६

मनिला । फिलिपिन्समा ठूलो ज्वालामुखीको खतरा देखिएपछि ८ हजार मानिसलाई ताल ज्वालामुखीको आसपासबाट अन्यत्र सारिएको छ ।

सो क्षेत्र मनिलाको दक्षिणी भागमा पर्दछ । त्यहाँबाट खरानी माथि उठेको अधिकारीहरुले बताएका छन् ।

यो क्रम आइतबारबाट शुरु भएको हो । ताल ज्वालामुखी फिलिपिन्सको दोस्रो ठूलो सक्रिय ज्वालामुखी हो ।

अधिकारीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । एक हप्ता भित्रैमा खतराको अवस्था आउन सक्ने उनीहरुले अनुमान गरेका छन् ।

सो सम्बन्धी मामिला हेर्ने अधिकारीहरुले पनि ज्वालामुखीजन्य सुनामीको खतरा औंल्याएका छन् ।

ज्वालामुखीजन्य खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय बिमानस्थलपनि बन्द गरिएको छ ।