महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश

Newslaya Home

महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश

सोमबार २८, पुष २०७६

बिबिसि । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाण्डू जिल्ला अदालतले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूलाई बयानका लागि झिकाउन आदेश दिएको छ ।

आइतबार भएको सुनुवाइपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले चिकित्सकहरूलाई झिकाउन आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार अदालतले प्रयोगशाला परीक्षणमा संलग्न चिकित्सकहरूलाई पनि झिकाउन आदेश दिएको छ ।

त्यस्तै अदालतले घटना विवरणमा कागज गर्ने मानिसहरूलाई पनि बकपत्रका लागि झिकाउन आदेश दिएको श्रेस्तेदार श्रेष्ठले बताए ।