‘आधुनिक पृथ्वीनारायणको खाँचो छ’ : रुक्मांगद कट्वाल

Newslaya Home

‘आधुनिक पृथ्वीनारायणको खाँचो छ’ : रुक्मांगद कट्वाल

आइतबार २७, पुष २०७६

इटहरी । नेपाली सेनाका पुर्व प्रमुख रुक्मांगद कट्वालले नेपालमा आधुनिक पृथ्वीनारायणको खाँचो रहेको बताएका छन् ।

इटहरीमा पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई निर्माण गर्नको लागि फेरी अर्को आधुनिक पृथ्वीनारायणको आवश्यकता परेको बताउँदै भने, ‘नेपाल आमाले जन्माउलिन्, आशा गरौं ।’

उनले इतिास, धर्म र भाषाको रक्षा गर्न सबै नेपाली एक हुनुपर्ने बताए । पछिल्लो समयमा युवाहरुमा राष्ट्रियता र राष्ट्रियताका प्रतिक पृथ्वीनारायण प्रतिको आकर्षण बढेको बताए । उनले किताब च्यातेर इतिहास नमेटिने समेत दावी गरे ।

आइतबार इटहरीवासीले बृहत र्याली र भव्य कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती तथा एकता दिवस मनाएका छन् । कार्यक्रममा कट्वालसहित पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा, पुर्व सांसद रेवतीरमण भण्डारीलगायतको उपस्थिती थियो ।