‘मेयर व्यवशायिक प्रयोजनमा केन्द्रीत हुनुभो, वहाँले भनेको ठाउँमा वार्ड कार्यालय हुँदैन’

Newslaya Home

‘मेयर व्यवशायिक प्रयोजनमा केन्द्रीत हुनुभो, वहाँले भनेको ठाउँमा वार्ड कार्यालय हुँदैन’

- बाबुराम कार्की
आइतबार २७, पुष २०७६

एक अध्याय दुई अध्याय भनेर बुझिदैन लामो कुरा छ ।

हामीहरुले पोहोर वैशाख २७ गते नै नडाहा चौकमा रहेको सरकारी ५ कठ्ठा जग्गामा वडा कार्यालय बनाउने भनी ठाउँको टुङ्गो लगाई नगरलाई पठाई नगरले प्रविधिकहरु खटाई नक्सा तयार गरी ठेक्का प्रक्रिया अगाडि बढिरहेको थियो । वार्ड समितिले संविधानले दिएको अधिकार प्रयोग गर्दा खेरी छलफल बहस सबै चलाएर सबै विधि र प्रक्रिया पुर्याएर गरेको हो ।

तर मेयर ज्यू चाहिँ भानुचौक भन्नुहुन्छ, प्लटिङ्गको विचमा छ त्यो जग्गा । मेयर व्यवसायीहरुको व्यवसायिक प्रयोजनमा बढी केन्द्रित देखीनु भो । मेयरको निर्णयले व्यवसायीहरुलाई फाईदा भयो । जनताहरुलाई अफ्ठ्यारो भयो ।

वार्डले गरेको कुरा संविधान र नियमअनुसार गरेको छ । त्यो भन्दा विपरित गएर क्रिया प्रतिक्रिया आएको र हामीलाई मेयरले बाईपास गरेको कुराहरुले अलि दुःखी बनायो र विग्यप्ती जारी भएको हो ।

निर्णय प्रक्रियाहरु विधि विधान अनुसार हुनुपथ्र्यो । ढोकाबाट छिर्ने ठाउँ भई भई झ्याल बाट छिर्नु हुदैन थियो, जानु हुदैन थियो । मेयर प्रलोभनमा परेर पनि प्लटिङमा वडा कार्यलय निर्माण गर्ने सम्झौता गरेको हो जस्तो मलाई लागेन । व्यवसायीहरुले जनताको फाईदाको लागि भन्दा पनि उनिहरुको फाईदाको लागी दिए, मेयर ले त्यही बुझी दिनुभयो ।

मेयरले भन्दैमा हुँदैन । वार्ड कार्यालयले पहिला जे निर्णय गरेको छ, त्यही हुन्छ । नडाहा चौकमै बराहक्षेत्र वार्ड नं.३ को कार्यालय बन्छ । नगरपालिकाले भवन वनाउन ७५ लाख बजेट विनियोजन गरी सकेको छ । बाकी अन्य रकम चहि दातृ संस्था, केन्द्रीय सरकार संग पनि अपेक्षा गरेका छौ ।

(बराहक्षेत्र नगरपालिका वार्ड नं.३ का वडाध्यक्ष रुद्रबहादुर दाहालसँग गरिएको कुराकानीमा आधारित । आफुहरुले गरेको निर्णयविपरित मेयरले एकलौटी रुपमा प्लटिङ्को बिचमा वार्ड कार्यालय बनाउने निर्णय गरेपछी उनले नगरको प्रवक्ताबाट राजिनामा दिएका छन् ।)