विप्लव समूहले दले सडक डिभिजन प्रमुखलाई कालोमोसो

Newslaya Home

विप्लव समूहले दले सडक डिभिजन प्रमुखलाई कालोमोसो

आइतबार २७, पुष २०७६

काठमाडौं । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

आइबार दिउँसो ४ बजेतिर विप्लवका कार्यकर्ताले कार्यकक्षमै गएर चौधरीलाई कालोमोसो दलेका हुन् । सेवाग्राहीका रुपमा कार्यालयमा आएका दुईरतीन जनाको समूहले चौधरीलाई कार्यकक्षमै सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

डिभिजन कार्यालय दाङका प्रमुख चौधरीलाई केही दिन पहिले मात्रै गाईघाट–दिक्तेल सडक आयोजना उदयपुरमा सरुवा गरिएको छ ।

कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दल्ने समूहको खोजी कार्य भइरहेको एक प्रहरी अधिकारीले बताए ।