इरान विमान दुर्घटना : झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

Newslaya Home

इरान विमान दुर्घटना : झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

आइतबार २७, पुष २०७६

बिबिसि । इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेरणादायी प्रदर्शनको समर्थन गर्दै ट्विट गरेका छन् ।

इरानले शनिबार भुलवश त्यो विमान खसालेको स्वीकार गरेको थियो । तीन दिन अघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए ।

किएभका लागि उडेको विमान उडेको केही समयमै खसालिएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुई वटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।

जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध हमला गरेको थियो ।

विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो ।