भौतिक संरचना पुनःनिर्माणका लागि लेटाङको सिद्धेश्वर शिवालय मन्दिरमा पुराण सुरु

Newslaya Home

भौतिक संरचना पुनःनिर्माणका लागि लेटाङको सिद्धेश्वर शिवालय मन्दिरमा पुराण सुरु

– भूमिका पाख्रिन
आइतबार २७, पुष २०७६

मोरङ । लेटाङ नगरपालिका स्थित सिद्धेश्वर शिवालय मन्दिरमा आइतबारदेखि श्रीमद शिव पुराण ज्ञान महायज्ञ तथा धान्यान्चल सुरु भएको छ ।

मन्दिरको भौतिक संरचनाहरुको पुनःनिर्माण कार्य सम्पन्न गर्नका लागि पुराण आयोजना गरिएको पुराण आयोजना समितिका सचिब शोभा खड्काले बताइन् । संबिधान सभा सदस्य डिग बहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल, वडाध्यक्ष भूम सूर्य मगरले सबै धर्मको संरक्षण सम्बर्द्धन गर्दै धार्मिक पर्यटनमा जोड दिए ।

प्रमुख बाचक भागवत आचार्य पन्डित केवल कृष्ण अधिकारी र उपबाचक पन्डित चन्द्र शेखर दाहाल रहने आयोजकले जनाएको छ । शिवालय मन्दिर ब्यबस्थापन समितिको आयोजनामा सुरु भएको पुराण माघ ८ गतेसम्म चल्नेछ ।