घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

Newslaya Home

घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

आइतबार २७, पुष २०७६

काठमाडौँ । ललितपुर महानगरपालिका–२३ स्थित एकान्तकुनाबाट एक लेखा अधिकृतलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग २२ हजार घुस माग्दै गर्दा गत २५ गते पक्राउ गरिएको पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनीलाई आज सार्वजनिक गरिएको हो ।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पुडासैनीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यही पुस २५ गते पक्राउ गरि आज सार्वजनिक गरिएको पुडासैनीलाई थप अनुसन्धान जारी रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।